NEPALI LITERATURE AND NEWS
Collection of Intrestinge news and Milestone of nepalese literature.
Welcome
Sunday, January 30, 2011
आर्किमिडिज सिद्धान्तलाई गलत भन्दै एक नेपालीविद्यार्थीले नयाँ तथ्य प्रस्तुत गरेका छन् ।
काठमाडौं, ८ कात्तिक
२३ सय
वर्षअघि आविष्कार भएको आर्किमिडिज सिद्धान्तलाई गलत भन्दै एक नेपालीविद्यार्थीले नयाँ तथ्य प्रस्तुत गरेका छन् । नेपाली विद्यार्थीको यो
दाबीले अन्तर्राष्ट्रिय मान्यता पाए भौतिकशास्त्रका संसारभरिका पाठ्यक्रम नै परिवर्तन गर्नुपर्नेछ ।
इशापूर्व२८७ मा जन्मिएका गि्रक वैज्ञानिक आर्किमिडिजले सामथ्र्यको सिद्धान्त प्रतिपादन गरेका थिए । आर्किमिडिजको सिद्धान्तअनुसार तरल पदार्थमा उत्रने वस्तुको तौल र सो वस्तुले त्यतिवेला विस्थापन गरेको तरल पदार्थको तौल बराबर हुन्छ ।
तर, नेपाली विद्यार्थी भविन्द्र कुँवरले उत्रने वस्तुले अनुभव गरेको उध्र्वबल र त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल बराबर हुन्छ भन्ने
आर्किमिडिजको सिद्धान्त बनावटी र त्रुटिपूर्ण भएको दाबी गरेका छन् । उनले नेपालका तीनवटा कलेजका प्रयोगशालामा आफ्नो दाबी पुष्टि गरेर 'पेटेन्ट राइट'का लागि उद्योग विभागमा निवेदन पनि दिएका छन् ।
'कुनै वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा बढी जति पनि तौलको तरल पदार्थ विस्थापित गर्छ,' गणित विषयमा स्नातकोत्तर पढ्दै गरेका कुँवरले नयाँ पत्रिकासित भने । उनले काठमाडौं मेडिकल कलेज, युनिभर्सल कलेज र हेराल्ड इन्टरनेसनल कलेजमा आफ्नो दाबीलाई प्रयोग गरेर देखाएका छन् । आफ्नो नयाँ प्रयोगले सतहमा रहेको पानीबाट धेरै विद्युतीय ऊर्जा निकाल्न सहयोगी हुने दाबी गरेका छन् । उनको सिद्धान्त अन्तर्राष्ट्रिय प्रयोगशालाबाट पुष्टि भए नेपालका नदीनालाबाट ८३ खर्ब मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न बाटो खुल्नेछ ।
उनले आफ्नो प्रयोगबारे भने, '२० ग्राम पानी भएको भाँडोमा तीन सय ग्रामको गिलास राखियो भने सजिलै उत्रन्छ । विस्थापित पानी २० ग्रामभन्दा कम छ भने गिलासको तौल ३०० ग्राम छ । त्यसैले विस्थापित पानी र उत्रने वस्तुको तौल बराबर हुनै सक्दैन ।'
कुनै वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा बढी पानी विस्थापित गर्छ, त्यसमा दूरी प्रमुख कारण हुन्छ भन्ने कुँवरको दाबी छ । उनले भने, 'भर्टिकलमा प्रयोग गर्दा दूरी कम हुन्छ र बढी तरल पदार्थ विस्थापित हुन्छ । तर, दूरी धेरै भयो भने कम तरल पदार्थ विस्थापित हुन्छ ।'
उनले आफ्नो प्रयोगले कम तरल पदार्थमा धेरै ऊर्जा उत्पादन हुने दाबी गरे । उनका अनुसार कम तरल पदार्थ विस्थापित गराएर धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ ।यही आधारमा उनले नेपालमा ८३ खर्ब मेगावाट विद्युत् उत्पादन गर्न सकिनेदाबी गरेका हुन् । हेराल्ड इन्टरनेसनल कलेजका फिजिक्स टिचर बालविक्रम खत्रीले कुँवरको प्रयोग हेर्दा आर्किमिडिजको सिद्धान्त त्रुटिपूर्ण देखिएको बताए । 'हाम्रोमा उपलब्ध सामग्रीबाट प्रयोग गर्दा आर्किमिडिजको सिद्धान्त फेल देखियो,' खत्रीले भने, 'यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन थप प्रयोग गर्नुपर्छ ।'
कुवरले उद्योग विभागमा 'सामथ्र्यको सिद्धान्त र त्यससँग सम्बन्धित उध्र्वचापमा आधारित ऊर्जा प्रविधि'को पेटेन्ट दर्ताका लागि आवेदन दिएका छन् । १६ माघ ०६५ मा द.नं. ७३९ मा आवेदन दर्ता गराएपछि उद्योग विभागले सम्बन्धित विषयका विज्ञसँग छलफलसमेत गरेको छ ।
के हो आर्किमिडिजको सिद्धान्त ?
कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको ऊध्र्वचाप -upthrust_ वा घटेको ताैल त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको ताैलसँग बराबर हुन्छ । (स्रोतः अक्र्सफोर्ड डिस्क्टनेरी अफ फिजिस्क)
उदाहरण :
तरल पदार्थले भरिएको कुनै भाँडोमा कुनै एउटा वस्तु डुबाउँदा त्यसको घटेको तौल १०० ग्राम छ भने त्यसले विस्थापित गरेको तरल पदार्थको तौल पनि १०० ग्राम नै अर्थात् बराबर हुन्छ । कुँवरले दाबी गरेको सामथ्र्यको सिद्धान्त:कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको उध्र्वचाप -upthrust_ वा घटेको तौलसँग त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल -weight of the liquid displaced_ घटी वा बढी जे पनि हुन्छ ।
Thursday, January 27, 2011
Sirish Ko Phool Tittle Page
|