Welcome

Welcome to you to this blog where u can find intresting news and nepalse literature.

Tuesday, January 25, 2011

विश्वासमा टिकेको धाम

रमण घिमिरे

विश्वासमा टिकेको धाम


हजारौँ मानिस आइरहेछन्, हजारौँ गइरहेछन् तर भक्तहरूको संख्या जत्तिको त्यत्ति नै छ। सुटकेस गुडाउँदै गेटभित्र पस्ने र गुडाउँदै बाहिरनिेको हूल अहोरात्र चलिरहन्छ। यो भारतको आन्ध्रप्रदेश राज्यको पुट्टपर्ती भन्ने स्थानको दिनचर्या हो।

सत्य साईबाबाको आशीर्वाद या कृपादृष्टिका लागि भक्तहरूको भीड विगत एक युगदेखि यसरी नै झुम्मिरहेछ। "उनको हातबाट विभूति, औँठी, शिवलिंग या यस्तै चामत्कारकि आकर्षणले तानिएर विश्वभरकै मानिसहरू त्यहाँ पुग्छन् र महिनौँ बस्छन्," बाहिर बसेर सत्य साईबाबाप्रति सतही अध्ययन गर्ने र सुनीजान्नेका भनाइमा बनाइएका यस्ता धारणाहरू पनि प्रसिद्ध छन्। तर, त्यहाँ पुग्ने निरपेक्ष भाव भएको एउटा मानिसको अध्ययनले भन्छ, यी आधारले मात्र पुट्टपर्ती गुल्जार भएको छैन। यसका पछाडि यीभन्दा गतिला र व्यावहारकि कारणहरू पनि छन्, जसले आममानिसदेखि उच्च बौद्धिक र विश्लेषकहरूसम्मलाई निरन्तर तानिरहेछ ।

स्वभावतः हरेक मानिसले खोज्ने कुरा हो शान्ति र यहाँ साँच्चिकै शान्ति छ। मानिसले कानेखुसी गर्दा पनि विचार पुर्‍याउनुपर्छ। यहाँ ठूलो स्वरमा बोल्नु हुँदैन भन्ने कुरा सिकाइरहनै पर्दैन, प्रशान्ति निलयमअघिको मूलद्वारबाट प्रवेश गर्नेबित्तिकै मानिसले पाउने पहिलो कुरा हो शान्ति। र, रूपान्तरण यहाँको सबैभन्दा प्रमुख उपलब्धि हो।

"बाबाले यसलाई सामाजिक र मनोवैज्ञानिक आधारबाट व्याख्या गरेका छन्," लामो समयदेखि सत्य साई केन्द्रसँग सम्बद्ध हुँदै आएका विधान आचार्य यसलाई परभिाषित गर्दै भन्छन्, "आजको आममानिस सामाजिक रूपमा विभाजित र एक्लो अनि मनोवैज्ञानिक रूपमा रोगी छन्।" उनका अनुसार, सत्य साईबाबाको संस्थाले यस विभाजनलाई जोड्ने र यस्तो रोगलाई कर्मका आधारमा बाटो देखाउने काम गरेको छ।

सामान्य अर्थमा भन्दा त्यहाँ पुग्ने हरेक व्यक्ति केवल रमिते भएर पुगेको हुँदैन, केही न केही आस्था बोकेकै हुन्छ। यस अवस्थामा उसले सत्य साईबाबाप्रति आफ्नो भक्ति प्रकट गर्छ। यो अनौठो कुरा होइन। तर, एउटा कट्टर नास्ितक पनि साईबाबाको संस्थाले पुर्‍याएको योगदानबाट प्रभावित हुन्छ र प्रशंसा गर्छ। यस संस्थाले आन्ध्रप्रदेश, कणर्ाटक र तमिलनाडूका नौ सयभन्दा बढी बस्तीका ५ करोड ७० लाख जनतालाई खानेपानी सुविधा पुर्‍याएको छ। जुन स्थानीय तीनवटै राज्यसरकारले आफ्ना योजना अन्तर्गत गर्न नसकेको काम हो।

यसबाहेक स्वास्थ्य र शिक्षामार्फत मानिसको सोचलाई सकारात्मक बनाउने प्रयत्न गरेको छ, यस संस्थाले। यहाँ सत्य साईबाबाको आफ्नै संस्थामार्फत प्राथमिकदेखि विश्वविद्यालय तहसम्मको शिक्षा प्रदान गरन्िछ र त्यो पनि निःशुल्क। हरेक विद्यार्थी उसको क्षमताका आधारमा छानिन्छन्, यहाँ कुनै सिफारसिले काम गर्दैन। अर्को पक्ष हो, स्वास्थ्य। यहाँ सामान्य र विशिष्ट श्रेणीका दुईवटा अस्पताल छन्। यसको लाभ कैयौँ नेपालीहरूले समेत प्राप्त गरेका छन्। यहाँ जटिल रोगको पनि निःशुल्क उपचार हुन्छ। गरबि र धनी भन्ने भेदभाव छैन।

पुट्टपर्तीबाट फर्किने क्रममा यस संवाददातासँगै थिए, राजबहादुर गुरुङ। उनी भर्खरै साईबाबाको विशिष्ट अस्पतालमा मस्ितष्कको सफल शल्यक्रियापछि हर्षविभोर मुद्रामा घर फर्किंदै थिए। उनी साईबाबाप्रति अगाध श्रद्धा व्यक्त गररिहेका थिए। लामो समय भारतीय सैनिक सेवामा काम गरेका र पछिल्लो समय एउटा राम्रो फुटबल खेलाडीका रूपमा प्रसिद्धि कमाएका उनी एकदिन अचानक बेहोस भए र उनको शरीरको एउटा पाटो पक्षाघातको सिकार हुन पुग्यो। यो गत नोभेम्बरको कुरा हो। "मलाई बाबाको जन्मदिनमा जसरी पनि पुट्टपर्ती पुग्नु थियो," गुरुङ आफ्नो स्वास्थ्योवस्थाको चर्चा गर्दै भन्छन्, "म एउटा हात र खुट्टा टेकेरै रेलबाट पुट्टपर्ती पुगेँ तर त्यहाँ पुग्नासाथ आश्चर्य भयो, मलाई एक जना अपरििचतले गाडीमा राखेर सोझै बाबाको अस्पताल पुर्‍याए र स्वास्थ्य परीक्षण गर्न लगाए, पछि बुझ्दा ती व्यक्ति त्यसै अस्पतालका किरण नामका चिकित्सक पो रहेछन्," गुरुङ आत्मकहानी सुनाउँछन्।

उनी बाबाको ७५औँ जन्मदिनका लागि त्यहाँ गएका थिए तर उनलाई सीधै अस्पताल पुर्‍याइयो र मस्ितष्कको शल्यक्रिया गरयिो। कति खर्च लाग्दोरहेछ ? "एक कन्चो दाम खर्च भएन, औषधीसमेत निःशुल्क पाएँ, अहिले त्यही खाइरहेको छु," गुरुङ यसलाई आश्चर्यभन्दा पनि बाबाको लीलाका रूपमा बुभछन्। उनी पूजापाठ गर्ने कर्मकाण्डी भक्त होइनन्, आफूले गरेको कामप्रतिको निष्ठामा भने उनले कहिल्यै सम्झौता गरेनन्। सत्य साईबाबाको स्वास्थ्य संस्थाले गररिहेको कल्याण कर्मको यो एउटा उदाहरण मात्र हो।

"बाबाको परभिाषामा धर्म भनेकै उसले गर्ने कर्म हो," विधान आचार्य यसलाई व्याख्या गर्दै भन्छन्, "कसैले पनि आफ्नो कामलाई समर्पितभावले गर्‍यो र त्यसबाट समग्र समाजलाई सेवा पुग्यो भने त्यो नै वास्तविक धर्म हो।" यति मात्र होइन, यहाँ जातिगत विभेद छैन। साईबाबाप्रति आस्थावान् एउटा दलित र एउटा ब्राह्मण निःसंकोच एउटै टेबलमा बसेर खान्छन्। जात, धर्म, पेसा, वर्णबीच कुनै विभेद रहँदैन। यहाँ सबै 'साईराम' हुन पुग्छन्। यसले मानिसबीचको शताब्दीयौँदेखि चलिआएको छुवाछूत र ऊचनीचको व्यवहारलाई जरैदेखि उखेलिदिएको छ। यहाँ पुगेपछि सबै वर्ण एउटै जातिमा र सबै विचारहरू एउटै आस्थामा आबद्ध हुन पुग्छन्। यसले अन्तव्र्यैयक्तिक सम्बन्धलाई सुमधुर बनाएको छ।

भारतको दार्जीलिङबाट आमाको उपचारमा पुट्टपर्ती पुगेका कमानसिंह प्रधान भन्दै थिए, "आमा असाध्य रोगले थलिनुभयो र उपचारका लागि ल्याएको। अस्पतालले चार महिनापछिको म्याद दिएको छ, खर्च लाग्दैन, तपाईं आफ्नो यातायात खर्च मात्र जुटाएर आए पुग्छ भनेका छन्।" यहाँका मुख्य पाँच मन्त्र छन्- सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा। यहाँ पुगेपछि हरेक मानिसले यी पाँच मन्त्रलाई आत्मसात् गर्छन्। यहाँ सबै धर्मलाई समान रूपले स्वीकारन्िछ। किनभने, साईबाबाको दर्शन अनुसार, मुख्य धर्म भनेकै सद्व्यवहार हो। तर, वैदिक परम्पराभित्र रहेको शक्तिलाई भने स्पष्ट रूपमा स्वीकारएिको छ। वेदलाई संक्षेपीकरण गरी वेद पुष्पाञ्जलि नामक पुस्तक तयार पारएिको छ। जहाँ वेदका महत्त्वपूर्ण ऋचाहरूलाई संस्कृत र रोमन लिपिमा अंग्रेजी रूपान्तरणसहित संकलन गरएिको छ। यी ऋचाहरू हिन्दु र गैरहिन्दु सबै धर्म र संस्कृतिका मानिसहरूले बिहान र अपरान्ह दुईपटक समवेत स्वरमा पाठ गर्छन्। र, यसलाई अगुवाइ गर्नेहरूमा साई विश्वविद्यालयका विभिन्न संकायमा अध्ययनरत छात्रहरू नै हुन्छन्।

गज्जब त के भने यहाँ संस्कृतका लागि बेग्लै कुनै पाठशाला या कलेजहरू छैनन्। ब्राह्मणबाहेकका जातिले छुनसम्म हुँदैन भन्ने परम्परालाई भत्काएर, वेद सबै जाति र सम्प्रदायका लागि समान छ भन्ने वैज्ञानिक सोचलाई स्वीकारएिको छ। यति मात्र होइन, नारी जातिले गायत्री मन्त्रलाई उच्चारणसम्म गर्न हुँदैन भन्ने परम्परावादी कर्मकान्डी ब्राह्मणहरूले बनाएको सोचलाई धूलिसात पारएिको छ। यहाँस्िथत गायत्री मन्दिरकी प्रमुख पुजारी महिला छन्। "सबै जाति र लिंग वैदिक दृष्टिमा समान छन् भन्ने बाबाको सुन्दर अवधारणा हो यो," त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा जनसंख्या विषयको प्राध्यापन गररिहेका विधान आचार्य भन्छन्, "बाबाको शिक्षाले सधैँ सकारात्मक सोच निर्माण गर्न सहयोग गर्छ, त्यसैले साई परम्परालाई अँगाल्ने पुट्टपर्तीका हुन् या संसारका जुनसुकै कुनाका मानिस, उनीहरूमा पाइने समानता भनेकै सहिष्णुता र मानवसेवा हो।" फलतः अहिले नेपालमा शिक्षा मन्त्रालयसँग समन्वय गरी देशका विभिन्न विद्यालयका शिक्षकहरूलाई साईशिक्षाका आधारमा प्रशिक्षण गराउन थालिएको छ।

यहाँ भारतका विभिन्न राज्यहरूबाट छानिएका ६ सय १२ अस्थायी स्वयंसेवकहरूले अहोरात्र सेवा गर्छन्, यी स्वयंसेवकको म्याद मात्र एक साताको हुन्छ। तिनका ठाउँमा अर्को साता पुनः त्यति नै स्वयंसेवकहरू छानिन्छन्। यसका लागि मानिसहरूले कैयौँ महिनासम्म कुर्नुपर्ने आचार्य बताउँछन्। उनका अनुसार, स्वयंसेवामा सम्बद्ध हुन निकै कडा प्रतिस्पर्धा हुने गर्छ।

सादा जीवन र उच्च विचार यहाँको अर्को पक्ष हो। यहाँ बस्नलाई प्रतिदिन बढीमा १ सय ५ र खानाका लागि प्रतिछाक १५ रुपियाँ छुट्याउँदा प्रशस्त हुन्छ। पुट्टपर्ती साई निलयमभित्रको क्षेत्रलाई करमुक्त घोषणा गरएिकाले बाहिरबाट ल्याइएका सामानहरू पनि बजारमा भन्दा निकै सस्तो मूल्यमा उपलब्ध छन्।

"यस दृष्टिले साईबाबाभन्दा ठूलो साम्यवादी अर्को छैन," विधान भन्छन्। खान-बस्नका लागि मात्र होइन, संसारका विभिन्न धर्म र सम्प्रदायका मानिसलाई बिनाकुनै विभेद यहाँ समान व्यवहार गरन्िछ। आचार्य भन्छन्, "पुट्टपर्ती साईबाबाको यस्तो राज्य हो, सायद त्रेतायुगको रामराज्य यस्तै थियो होला।" विधान आचार्यका यी विचारका पछाडि, त्यहाँ प्रत्यक्ष रूपमा देखिने सत्य अभिव्यक्त भएको देखिन्छ। ठूलठूला होटल, व्यापार केन्द्र, राजनीतिक दल, कहाँसम्म भने स्थानीय प्रहरी कार्यालयमा समेत सत्य साईबाबाको एकछत्र राज्य रहेको अनुभव गर्न सकिन्छ। यहाँका हरेक नामपाटीमा बाबाको बडेमानको फोटोमुनि सानो अक्षरमा आफ्ना निकाय र कार्यालयका नाम लेखिएका हुन्छन्। हरेक पसलमा राखिएका टेलिभिजनहरूमा साईबाबाकै गतिविधिहरू देखाइँदै हुन्छन्। र, सहरमा टाँगिएका विज्ञापनपाटीमा जताततै बाबाको ठूलो तस्िबरमुनि 'बी गुड, डु गुड, सी गुड, दिस इज द वे टु गड' भन्ने उक्ति लेखिएको हुन्छ। तर, कतै पनि बाबा आफैँले आफूलाई भगवान् हुँ भन्ने उल्लेख गरएिको पाइँदैन।

यहाँ साईबाबाको स्वतन्त्र राज चलेको अर्को नमुना यहाँस्िथत एक संग्रहालयमा पाउन सकिन्छ। यहाँ राखिएको बुद्धको तस्िबरमुनि उनी नेपालमा जन्मेका हुन् भनेर प्रस्ट लेखिएको छ। तर, भारतका अधिकांश सञ्चारमाध्यम र इतिहासकारले बुद्ध भारतमै जन्मेको तर्क दिँदै आएका छन्। स्वीट्जरल्यान्डबाट आएका एक पाका दम्पती गोरेटोमा छरएिका चियाका कप र कफी चुस्ने छेस्का उठाउँदै थिए। प्रशान्ति निलयम परसिर आफैँमा सफा छ तर पनि मानिसका असावधानीका कारण फोहोरको टोकरीमा नपुगेका यस्ता फोहोर सामग्री कतैकतै बाटोहरूमा देखिन्थे। एउटा कुनामा तिनैलाई उठाउँदै थिए, ती दम्पती। यस संवाददाताले सोध्यो, यो तपाईंहरूको सोख हो ? श्रीमतीले भनिन्, "यो हाम्रो कर्म हो, जहाँ बाबाको धर्म परभिाषित भएको छ।" भन्दै थिए, उनीहरू स्वीट्जरल्यान्डबाट शान्ति खोज्न पुट्टपर्ती आएका हुन्। अचम्म लाग्यो, सारा संसार शान्तिको खोजीमा स्वीट्जरल्यान्ड ओइरन्िछ, यिनीहरूचाहिँ शान्ति खोज्न पुट्टपर्ती ? पतिचाहिँले यसको जवाफमा भने, "हामी यान्त्रिक होइन, आत्मीय र भावनात्मक शान्तिका लागि यहाँ आएका हौँ।"


अंक: 429 | २०६७ माघ ९ | Jan 23, 2011

1 comment:

  1. Dear Bandana,
    Thank you so much for Siris ko ful,
    i try to contact you directly but i could find your email is linked on site so if you ever look at this site again then i wnat to say you did awesome work here and i would like to ask for favour again that if you have any other book love to revice on my email id supernova_nepal@yahoo.com.
    thaks from AUSTRIA.

    ReplyDelete