Welcome

Welcome to you to this blog where u can find intresting news and nepalse literature.

Tuesday, January 25, 2011

झलनाथसँग माफी मागेको छैन : देवीप्रसाद रेग्मी

एमाले अध्यक्ष झलनाथ खनाललाई देश झापड हानेको अभियोगमा पक्राउ परेका देवीप्रसाद रेग्मीले आफूले कसैसँग माफी नमागेको जिकिर गरेका छन्। प्रहरी थुनाबाट छुट्नुअघि अध्यक्ष खनालसँग माफी मागेको र त्यही अनुसार आफूले माफी दिएको भन्ने खनालको विज्ञप्ति आएको भोलिपल्ट नागरिकन्युजका इटहरी सहकर्मी अमर खड्कालाई अन्तरवार्ता दिँदै उनले भने- 'मैले कसैसँग माफी मागेको छैन।'
झापड हान्नुको पछि षड्यन्त्र छ भन्दै छानवीन भइरहेको छ नि? छातिमा हात राखेर भन्नुहोस् त वास्तविकता के हो ?
मैले त पत्रकारहरुलाई झापड हाने लगतै पनि भनेको थिएँ अहिले पनि म भन्छु मेरा व्यक्तिगत स्वार्थ र रिसिइवीले झापड हानेको होइन्। सारा नेपालीले दुःख पाएकोमा आवेशमा आएर मबाट त्यस्तो काम भएको हो।
Question:झापड हान्ने पूर्व तयारी गर्नु भा को थियो?

होइन्। मलाई कार्याक्रमको बारेमा केही थाहा थिएन्। बिजुलीको बिल तिर्न इटहरी गएको थियो। इटहरी चोकमा पुग्दा र्‍याली निस्कि रहेको थियो। बिजुलीको बिल तिरेँ। पुनः चोक फर्कदा एमालेका कार्यक्रम भनेर थाहा पाएँ। अनि आफू पनि एमालेको पूर्व कार्यकर्ता कार्यक्रममा जान मन लाग्यो। कार्यक्रममा पुग्दा त सारा बेरोजगार युवा भेला गराएर पार्टी प्रवेशको कार्यक्रम रहेछ। अनि भाषण भन्दै खोक्रा आश्वासन मात्र दिएको सुनँे। एकाएक कुटन मन लाग्यो। पार्टी प्रवेश गर्ने कार्यकर्ताकै लाइनमा बसेँ अनि खनाल नजिकै पुगेँ। उनले टिको लगाई दिन खोजे। मैले झापड हानेँ। झापड हान्ने बेलैमा तिमीहरुले यो देश बिगारेर के यस्तो नाटक गरेको? भनेर भन्न पुगेछु। तर त्यो आवेशमा भएको हो

No comments:

Post a Comment