Welcome

Welcome to you to this blog where u can find intresting news and nepalse literature.

Tuesday, January 25, 2011

बैँकमा वीर्य

जनकराज सापकोटा

बैँकमा वीर्य


-जापानमै व्यस्त दिनचर्या बिताइरहेका जापानी नागरकि ईभाईकी श्रीमती हुन्, नीरु गुरुङ। पाँच वर्ष जापान बसेर आएकी नीरु बच्चा पाएर एक वर्षपछि नेपालबाट फर्किन्। उनले नेपालमा जन्माएको बच्चा ईभाईकै हो। तर, नीरुले प्राकृतिक सहवासबाट बच्चा जन्माएकी होइनन्। वीर्य बैँकमा भण्डारण गरेर राखिएको आफ्नो श्रीमान्को वीर्य प्रयोग गरेर नीरुले सन्तान जन्माएकी हुन्।

-भक्तपुर स्िथत एक निजी बैँकमा काम गनर्ेे सुशीला बगाले -नाम परविर्तन)ले वषै सम्म सन्तान जन्माउन सकिनन्। पछि परीक्षण गर्दा उनका श्रीम्ाान्को वीर्य सन्तान उत्पादनका लागि योग्य नभएको पाइन्। केही नलागेपछि श्रीमान्को सहमतिमा आफ्ना एक जना स्कुले साथीको वीर्य सापटी मागेर उनले बच्चा जन्माइन्। कहिलेकाहीँ चारवर्षे छोराको स्वभाव आफ्नो साथीसँग मिलेको देख्दा सुशीलालाई अनौठो लाग्छ। त्यसैले बच्चा जन्मेपछि उनले वीर्यदाता साथीलाई भेट्ने कोसिस गरेकी छैनन्। भन्छिन्, "सकेसम्म नभेटौँ भन्ने छ।"

-बिहे गरेको लामो समयसम्म सन्तान नपाएको सृष्टि केसी र विदुर -नाम परविर्तन)को दम्पतीले परीक्षणपछि मात्रै विदुरको वीर्य सन्तान उत्पादनका निम्ति योग्य छैन भन्ने थाहा पायो। डाक्टरको परामर्शमा यस दम्पतीले अन्य पुरुषको वीर्यबाट सन्तान जन्माउने तयारी थाल्दैछ। जसका लागि अस्पतालले नै वीर्यदाताको खोजी गरििदएको हो। तर, वीर्यदाताको विषयमा दम्पती जानकार छैन। पेटमा हुकर्ंदै गरेको सन्तान देखेर यी दम्पतीको अनुहारमा खुसी पोतिएको छ। सँगसँगै बच्चामा कस्तो आनुवंशिक चरत्रि देखिने हो भनेर उनीहरू डराएका पनि छन्।



माथिका तीन फरक उदाहरणले गर्भाधान र प्रसूतिको क्षेत्रमा प्रविधिको विकाससँगै परविर्तन भइरहेको सामाजिक व्यवहारकोे चित्र प्रस्तुत गर्छन्। अहिले आएर प्रविधि र स्रोतसाधनको उपलब्धताले सन्तान उत्पादनको परम्परागत मान्यता मात्रै फेरएिको छैन, सुशीला र सृष्टिजस्ता महिलाहरूले जीवनभर भोग्नुपर्ने कुण्ठाबाट मुक्ति पाउने उपाय पनि भेट्टाएका छन्।

श्रीमान्को वीर्य स्वस्थ नभएको खण्डमा अन्य पुरुषको वीर्य उपयोग गरेर सन्तान जन्माउन सकिने भएपछि धेरै निःसन्तान दम्पतीको सन्तान प्राप्तिको चाहना पूरा हुनसक्ने अवस्था बनेको छ, नेपालमा पनि। त्यसमाथि निजी अस्पतालहरूले वीर्य बैँकको सुविधा सुरु गरेपछि वीर्यको खोजीमा दम्पतीहरूले भौँतारनिुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। अझ पछिल्ला वर्षहरूमा त खाडी मुलुक जाने विवाहित नेपालीहरूले वीर्य बैँकमा आफ्नो वीर्य भण्डार गरेर जाने चलन सुरु भएको छ। जसले गर्दा दम्पतीहरूले अनुकूलता हेरेर सन्तान जन्माउन सक्ने भएका छन्।

पछिल्ला वर्षहरूमा उच्च तापीय क्षेत्र र खाडीमा काम गर्ने नेपाली पुरुषहरूले आफ्नो वीर्य सुरक्षित गर्न वीर्य बैँकहरूको सहयोग लिन थालेका छन्। ओम अस्पताल परसिरमा भेटिएका पोखराका मानसिंह लामा -नाम परविर्तन) तिनैमध्येका एक हुन्। जो साउदी अरबमा सवारी चालकको काम गर्न जाँदैछन्। उच्च तापक्रममा काम गर्दा वीर्य उत्पादन क्षमतामा ह्रास आउने सम्भावनाबाट बच्न लामाले आफ्नो वीर्य भण्डारण गर्न खोजेका हुन्। दुईवर्षे प्रवेशाज्ञामा विदेश उड्न आँटेकै साता उनी आफ्नो वीर्य भण्डारणका लागि अस्पताल पुगेका हुन्। लामा बिहे गरेको पहिलो वर्षमै बच्चा जन्माउने योजनामा छैनन्। भन्छन्, "भोलि समयमा र्फकन सकिएन भने पनि श्रीमतीले मेरै वीर्य प्रयोग गरेर बच्चा जन्माउन सक्छिन्।"

लामाको भनाइले सन्तान उत्पादनको परम्परागत तरकिामा आधुनिकताको झलक मात्रै देखाउँदैन, उदार सामाजिक परम्पराको पनि संकेत गर्छ। ओम अस्पतालका निर्देशक डा भोला रजिालका अनुसार, लामो समय खानीमा काम गर्ने मजदुरहरूको प्रजनन क्षमता कमजोर हुने सम्भावना प्रबल हुन्छ। भन्छन्, "यस्ता ठाउँमा काम गर्न जाने मजदुरहरूले घर छोड्नुअगावै वीर्य भण्डारण गरेर सुरक्षित राख्न सक्छन्।" परम्परागत सामाजिक संरचनाका कारण अझै पनि नेपालमा वीर्य सुरक्षित राख्ने दम्पतीहरूको संख्या सानो छ। डा रजिाल भन्छन्, "श्रीमान् विदेश भएका बेला यहाँ श्रीमतीले कसरी बच्चा जन्माई भनेर कुरा काट्नेहरू समाजमा रहेसम्म यसको संख्या बढ्न सजिलो छैन।"

वीर्यलाई कृत्रिम तरकिाले पाठेघरमा राख्ने प्रविधि -आईभीएफ) र डिम्ब र शुक्रकिट बाहिरै निसेचन गरी पाठेघरमा राख्ने प्रविधि

-टेस्टट्युब) सेवा प्रदान गर्ने काठमाडौँका अधिकांश अस्पतालमा वीर्य भण्डारण गर्न सक्ने प्रविधि छ। तर, सबैमा वीर्य बैँक भने छैन। निःसन्तान केन्द्रले श्रीमान्को वीर्य काम नलाग्ने दम्पतीका लागि दुवै जनाको स्वीकृतिमा दाताको वीर्य उपयोग गरेर सन्तान उत्पादनमा सहयोग गर्छ। तर, सबै दाताको वीर्य सबै दम्पतीमा उपयोग गर्न भने मिल्दैन। त्यसका लागि दाता र दम्पतीबीच केही सामाजिक समानता हुन जरुरी छ।

निःसन्तानको क्षेत्रमा १८ वर्षदेखि काम गर्दै आएकी निःसन्तान केन्द्रकी प्रमुख डा उमा श्रीवास्तव दाताको वीर्य उपयोग गरेर सन्तान जन्माउने प्रचलन नेपालमा सामान्य बन्दै जान थालेको बताउँछिन्। उनका अनुसार, निःसन्तान केन्द्रले तीनदेखी छ महिनासम्म वीर्यलाई सुरक्षित भण्डारण गरेर राख्न सक्छ। निःसन्तान केन्द्रसँग मात्रै नियमित वीर्यदान गर्ने १० जनाभन्दा धेरै दाताहरू छन्। दाताको वीर्य उपयोग गरेबापत केन्द्रले सामान्यतया दुईदेखि तीन हजारसम्म शुल्क तिनर्ेे गर्छ। केन्द्रको सम्पर्कमा रहेका अधिकांश दाताहरू विवाहित पुरुष हुन्। वीर्यदाताको एचआईभी, हेपाटाइटिस र यौनरोग -भीडीआरएल) जाँच गरेर स्वस्थ प्रमाणित भए मात्रै निसेचनका लागि वीर्य उपयोग गरन्िछ।

वीर्य उपयोग गर्ने बेलामा दातासँग कागजी सम्झौता गरन्िछ। वीर्य ग्रहण गर्ने दम्पती र दाताबीच अप्रत्यक्ष सम्पर्क वा चिनजानसमेत नहुने वातावरण बनाइदिएको हुन्छ अस्पतालले। दाताको वीर्य उपयोग गरेर जन्मिने बच्चाको डीएनए परीक्षण गर्दा दाताकै जैविक गुण भेटिन्छन्। दाताहरूको संख्या न्यून भएकाले वीर्य पाउन सजिलो भने छैन। पुरुषको वीर्यजस्तै महिलाको डिम्ब पनि सुरक्षित राख्न सकिन्छ तर नेपालमा डिम्ब दाता भने भेट्न झनै मुस्िकल छ।

श्रीमान्को वीर्य जैविक रूपमा योग्य नभएका अधिकांश घटनामा दाताकै वीर्य उपयोग गर्ने प्रचलन सामान्यजस्तै भइसकेको छ। त्यसका निम्ति अधिकांश अस्पतालले नै वीर्यदाता र दम्पतीबीच सहजीकरणको भूमिका निर्वाह गरििदन्छन्। तर, महिलाको डिम्ब नै काम नलाग्ने भए डिम्बदाताहरू भेट्न भने सजिलो छैन। यस्तो अवस्थामा अधिकांश दम्पतीले आफ्नै दिदी, बहिनी वा महिला साथीको डिम्ब उपयोग गर्छन्।

ग्वार्कोस्िथत ग्लोबल हस्िपटलको सम्पर्कमा पाँच-छ जना मात्रै वीर्यदाता छन्। अस्पतालकी डा सानुमैयाँ श्रेष्ठका अनुसार, अस्पतालले पटकपटक वीर्यदाताको अभाव बेहोर्नुपर्छ। श्रेष्ठका अनुसार, वीर्यदान पनि रक्तदानजस्तै हो। तर, रुढीग्रस्त सामाजिक मूल्य र मान्यताका कारण हत्पती वीर्य दान गर्नेहरू भेटिँदैनन्। अस्पतालले वीर्यदातालाई पाँचदेखि छ सय रुपियाँसम्म दिने गर्छ। डा श्रेष्ठ भन्छिन्, "वीर्य दान गर्नु एउटा सामान्य प्रक्रिया हो।" केही समयपहिले डिम्ब दान गर्न तयार रहेको बताउँदै एक किशोरी आएको घटना सम्भ“दै उनी भन्छिन्, "वीर्यदाता मात्रै होइन, डिम्बदाताको पनि समस्या छ।"

आनुवंशिकी गुणहरूमा फरकपनका कारण विदेशबाट आयात गरिएको वीर्य नेपाली दम्पतीमा उपयोग गर्न मिल्दैन। न्यून मात्रामा रहेका वीर्यदाताहरू र वीर्य बैँकले अझै कानुनी मान्यता नपाइसकेका कारण पनि वीर्यको खोजीमा रहेका दम्पतीहरूले सास्ती खेप्नुपरेको छ। स्त्रीरोग विशेषज्ञ डा सुशीला श्रेष्ठ सामाजिक मान्यतामा परविर्तन नआएसम्म र यसको कानुनी व्याख्या नभएसम्म जटिलता नतोडिने बताउँछिन्।

ओम अस्पताल स्रोतका अनुसार, लोग्ने विदेश भएर पनि नेपालमा बच्चा जन्माउने महिलाको संख्या तीन सयभन्दा बढी छ। सन् २००४ देखि ओम अस्पतालले यो प्रविधि सुरु गरेको हो। अस्पताल स्रोतका अनुसार, वीर्यदान गरेर सुरक्षित भण्डारण गर्नका लागि दुई हजार रुपियाँ लाग्छ। एकपटक दान गरेको वीर्य वषार्ंैसम्म सुरक्षित राख्न सकिन्छ। अस्पताल स्रोतका अनुसार, पाठेघरमा वीर्य पुर्‍याउन पाँच हजार रुपियाँ खर्च गर्नुपर्छ।

जोखिमको क्षेत्रमा काम गर्ने पुरुषले आप्नो वीर्य बैँकमा सुरक्षित राख्ने विश्वव्यापी प्रचलन नै बनिसकेको छ। उच्च तापीय क्षेत्र, विकिरणजन्य क्षेत्र र खानी मजदुरहरूले वीर्य सुरक्षित राख्ने प्रचलन छ। त्यस्तै, क्यान्सरजन्य रोगको उपचारमा जानुअगाडि पनि वीर्य भण्डारण गर्ने प्रचलन छ। क्यान्सर उपचारका दुई पद्धति केमियोथेरापी र रेडियोथेरापी तथा विभिन्न प्रकारका शल्यक्रिया गर्दा उपचारपछि वीर्यमा सन्तान जन्माउने क्षमता ह्रास हुन सक्ने भएकाले वीर्य भण्डारण गर्ने प्रचलन बढेको हो। भारतको गुजरातमा वीर्य दान गर्ने केन्द्रहरू नै छन्। इच्छुक पुरुषले स्वास्थ्य परीक्षणपश्चात् वीर्य दान गर्न सक्छन्। भारतकै मुम्बई र चेन्नईका कतिपय कलेजका विद्यार्थीले त वीर्य दान गरेर नै खर्च जुटाउने गर्छन्। उनीहरूले एकपटकमा वीर्य दान गरेको सामान्यतया एक हजार रुपियाँ लिने गर्छन्।

वीर्य बँैकका विषयमा नेपालको कानुन भने मौन छ। अधिवक्ता सपना प्रधान मल्ल कानुनी मौनताले समस्या खडा गरििदएको बताउँछिन्। अविवाहित महिलाले पनि दानमा प्राप्त गरेको वीर्य प्रयोग गरेर जन्माएको सन्तानको आधिकारकिता के हुने भन्ने प्रश्नमा पनि कानुन मौन रहेको छ। अभिवक्ता मल्ल एउटी महिलाले दाताको वीर्यबाट ज्ान्माएको बच्चाको जन्मदर्तामा कानुनी समस्या खडा भएको घटना स्मरण गर्दै भन्छिन्, "हामीले बच्चाको बाबुको नाम थाहा नभएको बेहोरा पेस गरेर बच्चाको जन्मदर्ता गर्‍यौँ।" ठूलै संघर्षपछि बच्चाको जन्मदर्ता हुन सकेको उनको अनुभव छ।

अधिवक्ता मीरा ढुंगानाका अनुसार, एकल वा अविवाहित महिलाले दाताको वीर्य प्रयोग गरी चिकित्सकीय प्रविधि अर्थात् आईभीएफ पद्धतिद्वारा जन्माएको बच्चाले नागरकिता पाउने सम्भावना छैन। गृह मन्त्रालय स्रोतका अनुसार, बाबुको पहिचान नभएका तर नागरकिताको हकदाबी गरेका दुई सयभन्दा बढी निवदेन अझै मन्त्रालयमा थन्किएका छन्। डा रजिालका अनुसार, कानुनी मौनताका कारण वीर्य भण्डार र वीर्य दानको परम्परा नेपाली समाजमा स्थापित हुन सकेको छैन। सर्वोच्च अदालतले अन्नपूर्ण राणाको मुद्दाको फैसलामा भने बिहे नगरी बच्चा जन्माउन सक्ने ढोका खोलिदिएको छ। अधिवक्ता ढुंगानाका अनुसार, यसरी जन्माएको बच्चाको वैधानिक हैसियत निर्माण गर्ने सवालमा भने कानुनी जटिलताहरू कायमै छन्।

वीर्य बैँक प्रविधिको चमत्कार नै हो। परम्परागत समाजहरूको सोचमा समेत क्रान्ति ल्याउन सक्ने यस प्रविधिको उपयोगले समाज व्यवस्थालाई झन् सुदृढ पार्ने देखिन्छ। सन्तानहीनताको पीडामा बाँच्न बाध्य कतिपय दम्पतीका लागि मात्रै होइन, नियोजनको अभियानका लागिसमेत यो वरदान सावित हुने निश्चित छ।



कसरी सुरक्षित राखिन्छ वीर्य ?

लोग्नेमानिसको वीर्यलाई झिकेर सिसा र प्लास्िटक मिश्रति भाँडोमा राखिन्छ-हेर्नूस्, चित्र १) । सुरुमा वीर्य बाक्लो हुने भएकाले यसलाई तरल बनाउन करबि ४५ मिनेट लाग्ने गर्छ। चिकित्सकहरूका अनुसार, ४५ मिनेटको प्रक्रियापछि माइनस १९७ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा राखिन्छ -हेर्नूस्, चित्र २)। यसरी राखिएको वीर्य कसको हो भनेर थाहा पाउनका लागि विशेष संकेतहरू राखिएका हुन्छन्।


अंक: 429 | २०६७ माघ ९ | Jan 23, 2011


No comments:

Post a Comment