Welcome

Welcome to you to this blog where u can find intresting news and nepalse literature.

Tuesday, January 25, 2011

२३ तलाबाट खस्दा पनि जिउँदै !

काठमाडौं, माघ ११ - अर्जेन्टिनाको बियोनस् आर्यसस्थित लग्जरी होटलको २३ तलास्थित छानाबाट खसे पनि एक युवती बाँचेकी छन् ।

उनी बज्रिएको कार भने क्षतिग्रस्त भएकोबिबिसीले जनाएको छ । चालक भने त्यसको केही क्षण अघिमात्र कारबाट निस्किएका थिए ।

२३ तलाबाट खस्दा पनि बाँचेकी ती युवतीको परिचय खुलेको छैन । शरीरका विभिन्न भाग चोट लागेकी उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

Published Date: २०६७ माघ ११ ०४:०६

No comments:

Post a Comment